महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा आज सम्पन्न भएको छ।
अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए।
अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आव २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो।
सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध
सञ्चालकमा निर्वाचित भएको घोषणा गरिएको थियो। त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम सेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीका सञ्चालक शुरेश सापकोटाले सभाको अन्त्यमा धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया