इतिहासकै ठूलो परिमाणको साधारण सेयर (आईपीओ) जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
बैंकको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य सय रुपैयाँ कायम भएको २० करोड कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको हो।
सूचीकरणसम्बन्धी निर्णय बुधबार भएको नेप्सेले जनाएको छ। यससम्बन्धी सम्झौता आज बिहीबार नेप्से र बैंकबीच भएको छ।
बैंकको सुरुवाती सेयर कारोबारका लागि न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकेको नेप्सेले जनाएको छ।
सम्झौताको दोस्रो दिन अर्थात् भोलिदेखि कारोबार हुने भए पनि शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले आइतबारदेखि बैंकको सेयरबजारमा कारोबार हुनेछ।
सूचीकरणसँगै आरटीएससम्बन्धी सबै सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिक्रिया