ad ad

कारोबार


अर्गानिक उपभोग्य वस्तु पाइने ‘माटो’ ब्राण्डको पहिलो फ्रेन्चाइच नयाँ बनेश्वरमा

अर्गानिक उपभोग्य वस्तु पाइने ‘माटो’ ब्राण्डको पहिलो फ्रेन्चाइच नयाँ बनेश्वरमा

नेपालखबर
माघ २७, २०७७ मंगलबार १४:२५,

नेपालमै उत्पादित तरकारी, फलफूललगायतका वस्तुहरु बिक्री हुँदै आएको ‘माटो’ ब्राण्डको पहिलो फ्रेन्चाइज स्टोर (पसल)नयाँ बानेशवरमा सञ्चालनमा आएको छ।

गोल्यान एग्रो प्रालिद्वारा स्थापित माटो ब्राण्डका आफ्नो स्टोर ७ स्थानमा संचालन गरे पनि फ्रेन्चाइज स्टोर संचालन गर्न दिएको भने यो पहिलो हो।

गोल्यान ग्रुपका अध्यक्ष पवन कुमार गोल्यानले मंगलबार नयाँ बानेश्वमा पहिलो फ्रेन्चाइच स्टोरको उद्घाटन गरे।

पाँच सय मिटरभित्र निःशुल्क डेलिभरीसमेत गर्नेगरी सुरु गरिएको उक्त स्टोरमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।

‘माटो’ ब्राण्डको स्टोरमा शुद्ध अर्गानिक उत्पादनहरु बजार मूल्यभन्दा महंगो नहुनेगरी बिक्री हुने गोल्यानले जानकारी दिए।

उनले माटो ब्राण्डको स्थापना नेपालका उत्पादनलाई उत्थानका लागि गरिएको हो भन्दै आफूहरुले ठूलो घाटा सहेर पनि ब्राण्डलाई स्थापित गर्न र ब्राण्डले कानुनी मान्यता पाएपछि निर्यातसमेत गर्ने योजना बनाएको बताए।

उनले भने ‘आम नेपालीहरुलाई बिषादी र रासायनिक मल प्रयोग नभएको शुद्ध तरकारी, फलफूल, पानी जस्ता उत्पादनहरु खुवाउने योजनाअनुसार स्टोरहरु विस्तार गर्ने काम भइरहेको छ। आगामी एक वर्षभित्रमा काठमाडौंमा सय वटा स्टोरहरु विस्तार गरिदै छ।’

‘माटो’ ब्राण्डका उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .