बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष सिलवाललाई अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सपथ गराएका हुन्।
सपथ ग्रहण गराउँदै सचिव पुडासैनीले आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने बताए। उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए।
कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाई छ। सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनको भनाई छ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो उत्रिने बताए। नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाई छ।
बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उनको भनाई छ। कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया