तर पछिल्लो समय उनको आलोचकहरु पनि उत्तिकै मात्रामा बढेका छन्। उनका समर्थकहरु उनालाई निडर व्यक्तिको संज्ञा दिन्छन्।
त्यस्तै उनका आलोचकहरु उनलाई मोदी सरकारको चम्चा भन्दछन् भने उनीहरु कंगनालाई एक विवेकहीन नारीको रुपमा चित्रण गर्दछन्।
हाल भारतमा किसान आन्दोलन जारी छ। महिनौं लामो आन्दोलन हालसम्म रोकिएको छैन।
यसबीचमा हलिउड गायिका रिहानले किसान आन्दोलनबारे आवाज उठाउनु पर्ने ट्विटमा बताएकी थिइन्। रिहानाको ट्विटपछि भारत सरकार वक्तव्य नै निकाल्न बाध्य भयो।
— Kangana Ranaut (@KanganaTeam) February 4, 2021B grade logon ki B grade thinking, one should stand up for one’s faith motherland and family, yehi Karm hai yehi Dharm bhi hai .... free fund ka sirf khane wale mat bano... iss desh ka bojh... that’s why I call them B grade ... ignore them free loaders ...
भारतले देशमा ल्याएको कृषि कानुन किसानको हतिमा भएको बताउँदै यस्ता विषयमा बोल्दा बुझेर टिप्पणी गरिनु जिम्मेवार कार्य हुने बताएको छ।
यसबीचमा कंगना रणावतले भने रिहानाको चर्को विरोध जनाउँदै आएकी छिन्। रिहानालाई कंगनाले पोर्नस्टार सम्म भनेकी छिन्।
रिहानालाई पोर्नस्टार, अश्लिल गायिका भन्दै कंगनाले विवादस्पद फोटोहरु सार्वजनिक गरेकी थिइन्। जसलाई यतिबेला ट्विटरले घृणा फैल्याउने सामग्री भन्दै हटाइदिएको छ।

विश्व चर्चित अभियन्ता ग्रेटा थनबर्गले पनि भारतको किसान आन्दोलनलाई आफूले साथ दिने बताएपछि कंगना उनीविरुद्ध पनि खनिएकी थिइन्।
यस्तै चर्चित भारतीय अभिनेत्री तापसी पन्नुलाई त कंगनाले बी ग्रेड चलचित्रको कलाकार नै भनेकी छिन्।
कंगनाले रिहानालाई अश्लिल महिला भनिरहँदा आफूभने सँस्कारी भएको पनि ट्विटमा बताएकी छिन्।
यसरी विवादस्पद अभिव्यक्ति दिएपछि कंगना नैतिकवान महिला नभएको भनेर प्रतिक्रियाहरु आइरहेको छ।
This dumbo kid made the biggest blunder for left pimps... attached the confidential document of international plan to systematically unstable India ... sab Pappu ek he team mein hain ha ha ha ... bunch of jokers https://t.co/6svqedfv3R
— Kangana Ranaut (@KanganaTeam) February 3, 2021
किसान आन्दोलनमा लागि परेका मानिसहरु सबै आतंकवादी भएको पनि कंगनाको भनाइ छ। रिहाना, ग्रेटा, तापसी लगायत अन्य व्यक्ति लक्षित कंगनाको अनैतिक ट्विटलाई ट्विटरले हटाइदिएको हो। बीबीसी
यो पनिः रिहानाको ट्विटपछि भारतले जारी गर्यो वक्तव्य
रिहानाविरुद्ध बलिउडकर्मी आक्रामक, कंगनाले भनिन्ः अश्लिल गायिका
भारतमा किसानलाई रोक्न तारबार, दिल्लीको सिमानामा देखिएको दृश्य युद्धको तयारीजस्तै

प्रतिक्रिया