ad ad

कारोबार


यस्तो छ एनआईसी एसिया लघुवित्तको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन

यस्तो छ एनआईसी एसिया लघुवित्तको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन

नेपालखबर
माघ १९, २०७७ सोमबार ७:४७,

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले २०७७/०७८ को दोस्रो त्रैमासिकको आर्थिक प्रतिवेदन प्रकाशन गरेको छ। यस संस्थाले आ.व. २०७७/०७८ को दोस्रो त्रैमासिकसम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड पु¥याउन सफल भएको छ।

लघुवित्तले बचत संकलनतर्फ १ अर्ब ४ करोड पु¥याएको छ। त्यस्तै, आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई विविधीकरण गर्दै आएको संस्थाले जनाएको छ।

यस त्रैमासमा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी २१.५९ रहेको छ। त्यसैगरी संस्थाले दोस्रो त्रैमासिकमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौतापत्रमा गत पुस १० मा हस्ताक्षर गरिसकेको छ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात् एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोबार सञ्चालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने बताइएको छ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १२० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन्।

मर्जरपश्चात् कुल शाखा संख्या २०५ शाखा हुनेछ। कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .