कारोबार


चौधरीको नेतृत्वमा वीरगन्जबाट कांग्रेसको ‘गरिखाने अभियान’ सुरु

चौधरीको नेतृत्वमा वीरगन्जबाट कांग्रेसको ‘गरिखाने अभियान’ सुरु

नेपालखबर
माघ १५, २०७७ बिहिबार ११:१८,

नेपाली कांग्रेसले आफ्ना नेता तथा उद्योगी विनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान सुरु गरेको छ।

अभियानको घोषणा वीरगञ्जमा पत्रकार सम्मेलन गरी बिहीबार गरिएको हो।

अभियान सञ्चालन गरेर नेपालीको जीवनस्तर रुपान्तरणको प्रयास गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

अभियानबारे बोल्दै चौधरीले कांग्रेस कार्यकर्ता, मातहतका संगठनलाई अभियानमा समेटिने बताउँदै युवालाई अभियानमा प्राथमिकतामा राखेको बताए।

उनले देशमा रहेको बेरोजगारीको मुख्य समस्यालाई समाधान गर्न सघाउने र आपूर्ति, उत्पादन र मागको खाडल पूर्ति गर्ने प्रयास अभियानमार्फत गरिने जानकारी दिए।

६० लाख युवा रोजगारी र उद्यम बजारमा रहेको बताउँदै उनले तल्लो तहबाटै आएर सफल भएकाहरुले अभियानलाई सघाउने बताए।

अभियानमा नेवि संघ, तरुण दललगायत सबैलाई समेटिएको बताउँदै चौधरीले यो नेपाली कांग्रेसकै अभियान रहेको उल्लेख गरे। अभियानको सातवटै प्रदेशमा संरचना बनाउने उनको भनाइ छ।

वीरगन्जमा अभियानको पहिलो छलफल भएको र युवाहरुले नयाँ व्यवसाय सुरु गरेको पाएकोले यस्ता युवालाई समेटेर अभियान अघि बढ्ने उल्लेख गरे।

उनले भने, ‘यो अभियान एउटा क्रान्ति नै हो। राजनीतिमा पनि गरिखानेकै वर्चस्व हुनुपर्छ।’

अभियानले युवाहरुको केही गरुँ भन्ने नयाँ सोचलाई उजागर गर्ने र सफलताको बाटोमा लैजान साथ दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad