कारोबार


अब डायमण्ड परीक्षण नेपालमै

अब डायमण्ड परीक्षण नेपालमै

नेपालखबर
माघ १४, २०७७ बुधबार ११:३४,

नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ।

नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो। बुधबार पत्रकार सम्मेलन आयोजना गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिना भित्रमा जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताइन्।

अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ। त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताइन्।

प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पु-याउने विश्वास संघले लिएको छ।

यसबाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ। यस्तै संघले जेम्स एण्ड ज्वेलरी क्षेत्रलाई निर्यातमुलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजिकरण गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad