स्वदेशी ग्याजेट तथा अडियो ब्रान्ड अल्टिमा लाइफस्टाइल बिक्री भोल्युम र बलियो वितरण नेटवर्कका आधारमा आधिकारिक रूपमा नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल भएको छ।
नेपालको समग्र स्मार्ट वेरेबल्स र अडियो बजारमा करिब २० प्रतिशतदेखि २५ प्रतिशतको बलियो हिस्सा ओगट्दै अल्टिमाले ठूला विदेशी ब्रान्डहरूलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डको रूपमा इतिहास रचेको हो।
कम्पनीका इयरबड्स (टीडब्लुएस) र स्मार्टवाचले कुल बजारमा २० प्रतिशतदेखि २५ प्रतिशत हिस्सा ओगेटेका छन्। जुन किफायती बजेट सेगमेन्ट (३ हजार रुपैयाँमुनिका इयरबड्स र ५ हजार रुपैयाँमुनिका स्मार्टवाच) मा ३० प्रतिशतभन्दा बढीको हिस्सा छ।
त्यसैगरी ब्लुटुथ स्पिकर नेपालभरिका रिटेल पसलहरूमा अत्यधिक माग रहेको छ। यसका 'साउन्डबक्स' र 'डाइनामाइट' सिरिजहरूको बलियो उपस्थितिका कारण समग्र स्पिकर विधामा १५ प्रतिशतदेखि २० प्रतिशतको बलियो बजार हिस्सा रहेको कम्पनीले जनाएको छ।
ग्याजेट बजारले आयात नीति र बढ्दो राजस्व/भन्सार शुल्क जस्ता विभिन्न आर्थिक चुनौतीहरूको सामना गररहेको बेला यस्तो सफलता पाएको कम्पनीले जनाएको छ।
आगामी आर्थिक वर्षमा अल्टिमा लाइफस्टाइलले आफ्नो बजार उपस्थितिलाई अझ व्यापक बनाउने योजना बनाएको छ। क्षेत्रीय टियर-१ वितरकहरू, राष्ट्रिय रिटेल चेनहरू, र दराज लगायत आफ्नै ई-कमर्स च्यानलहरूको माध्यमबाट देशका कुना-काउन्टरसम्म पुगेको अल्टिमाले छिट्टै नयाँ फिजिकल एक्सपेरियन्स स्टोरहरू र परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टममार्फत ग्राहकहरूलाई अझ उत्कृष्ट प्रविधि सेवा प्रदान गर्नेछ।
Shares

प्रतिक्रिया