वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएका छन्।
आइतबार मेनपावर व्यवसायीहरुले विभागले एकलौटी र स्वेच्छाचारी निर्णय गरेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्।
व्यवसायीलाई अनावश्यक जरिवाना गराउने, व्यवसायीलाई सूचना नै नदिई आधार र कारणविना धरौटी कट्टा गर्ने, कम्पनीको काम कारोबार रोक्का गर्ने, अनुगमन गर्न जाँदा आफू अनुकूलको मिडिया लिएर अनुगमनभन्दा प्रचारबाजी गर्ने, व्यवसायीको अपमान गर्ने, विभागको नेतृत्वले भनेको खण्डन गर्दा जेल हाल्छु भन्दै धम्क्याउने, इजाजत खारेज गरिदिने चेतावनी दिनेलगायतका कार्यशैलीविरुद्ध ज्ञापन पत्र बुझाएको एक व्यवसायीले जानकारी दिए।
व्यवसायीहरुले विभागको अनलाइन प्रणालीमा देखिएका समस्या समाधान गर्न विभागले चासो नदिएको, वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार इजाजतप्राप्त संस्थाले शाखा खोल्न पाउने भए पनि स्वीकृति नदिएको, कम्पनीविरुद्ध परेका उजुरीबारे २४ घण्टे पत्र पठाएको, खण्डन गर्ने मौका नदिएको, इजाजत नवीकरण समयमै नगरेकोजस्ता आरोप लगाएका छन्।

प्रतिक्रिया