कारोबार


एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस

नेपालखबर
माघ ६, २०७७ मंगलबार १२:४५,

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ। यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ।

द्रुतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविधकार्यहरु सजिलै गर्न सकिन्छ।

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेतामार्फत आफ्नो सिमकार्ड सजिलै बिनाकुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन्।

ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रुतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन्।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ। फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन्।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ। ग्राहकले आफूले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होइन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad