गत वर्ष उखु किसानको उखु मिलसँगको बक्यौता १ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा ८ करोड १ लाख रुपैयाँमा झरेको छ।
गत वर्ष उखु किसान आन्दोलनमा उत्रिएपछि सरकारले उद्योगीसँग रकम उठाइदिने प्रतिबद्धता गरेको र यो वर्ष पनि आन्दोलनरत किसानहरुसँग गरेको सम्झौताअनुसार बक्यौता अधिक रकम किसानको बैंकखातामा गएको सरकारी पक्षले दाबी गरेको छ।
विशेषतः किसालनको बक्यौता रकम राख्ने उद्योगहरुमा श्रीराम सुगर मिल, अन्नपूर्ण चिनी उद्योग, इन्दिरा सुगर मिल, लुम्बिनी चिनी उद्योग र महालक्ष्मी सुगर मिल रहेका थिए।
यी ४ उद्योगका यो वर्षसम्म पनि ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेको ठहर थियो।
त्यो ६५ करोड रुपैयाँबाट अहिले ८ करोड १ लाख रुपैयाँ मात्रै बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको थियो।
त्यसमा पनि मुख्यतया दुईवटा उद्योगहरु मात्रै बक्यौता राख्ने उद्योगको रुपमा रहेको मन्त्रालयको भनाइ छ।
अन्नपूर्ण चिनी उद्योगको करिब ५ करोड, इन्दिरा सुगर मिलको ३ करोड लाख रुपैयाँ रहेको बताइएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालका अनुसार यी दुई उद्योगको मात्रै ठूलो बक्यौता रहेको छ। अन्य उद्योगहरु बक्यौता तिर्न राजी रहेका छन्, केही उद्योगअन्तर्गतका किसानहरुको बैंक खाता नरहँदा र अन्य प्राविधिक समस्याको कारण समस्या भएको हो।
उनले भने, ‘खास बक्यौता राख्ने अन्नपूर्ण चिनी उद्योग र इन्दिरा सुगर मिलको सञ्चालक एकै व्यक्ति हुन्, अब बक्यौता उठाउन अचल सम्पत्तिमाथि राज्यले हस्तक्षेप गर्ने नीति लिन्छ।’
यी दुई उद्योगका सञ्चालक राकेश अग्रवाल हुन्।
किसानको दाबी बक्यौता ६५ करोड हैन, ९० करोड
पुस १३ गते किसान उद्योगी र सरकारी पक्षबीच सम्झौता हुने क्रममा किसानहरुले बक्यौता ९० करोड रुपैयाँ रहेको बताएका थिए। तर उद्योगीहरुले ६५ करोड मात्रै रहेको दाबी गरेका थिए।
त्यसको विषयमा भने सरकारले अध्धयन गर्ने बताएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै पक्ष राखेर एक कार्यदल समेत बनाएको थियो।
उक्त कार्यदलको पहिलो बैठक बससिसकको उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्रा डा नारायण रेग्मीको भनाइ छ।
उनका अनुसार किसान उद्योगी स्थानीय प्रशासनसमेतलाई रहेको प्रमाणको कागजात उपलब्ध गराउन भनिएको छ। कागजात हेरेर कार्याललले अध्ययन गर्ने र एकीन बक्यौता पत्ता लगाउने कोशिस भइरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया