उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँग अहिलेकै मोडलमा व्यापार गर्न नसकिने बताएका छन्।
नेपाल इन्टरमोडल यातायात विकास समितिको २४औँ वार्षिकोत्सवमा मन्त्री भट्टले उक्त कुरा बताएका हुन्।
एक वर्षदेखि स्थलमार्गको व्यापार ठप्प पारेको विषयबारे बोल्दै उनले भने, ‘यसबारे प्रधानमन्त्रीसँग छलफल गरिसकेको छु। अहिलेकै तरिकाले कुनै पनि व्यापार अघि बढाउन सम्भव छैन।’
गत वर्ष कात्तिकदेखि तातोपानी नाका, गत वर्ष माघदेखि रसुवागढी नाका बन्द छ। सोही कारण व्यापारीहरुले आयात निर्यात गर्न नपाएको गुनासो गरिरहेका छन्।
नेपालले भारतपछि चीनसँग ठूलो व्यापार गर्ने गरेको छ। चीनमा कोरोना संक्रमण फैलिएसँगै दुई देशको स्थलनाका बन्दप्रायः रहँदै आएको छ।

प्रतिक्रिया