सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन सस्तो भएको हो।
आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार भने ९२ हजार ५ सय रुपैयाँ प्रतितोला थियो।
त्यस्तै आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि सस्तो भएको छ।
आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको हो। शुक्रबार चाँदी १२ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
उता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १८ सय २७ दशमलव ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
3
Shares

प्रतिक्रिया