हाल देशमा एकसाथ दक्षिणपूर्वी अरब सागर र पूर्वी बिहार दुवै ठाउँमा बनेका न्यून चापीय क्षेत्रकाे प्रभाव परिरहेकाे छ। जसका कारण अहिले (शुक्रबार राति) गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भेगमा माैसम सामान्य बदली भएकाे छ भने बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ।
देशका मध्य तथा पूर्वी तराईमा भने बाक्लो हुस्सु/कुहिरो लागिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले शुक्रबार साँझ ६ बजे प्रकाशन गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २ गते (शुक्रबार)
राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती तथा गण्डकी प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श
देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया