गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औँ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा सम्पन्न भएको छ। विद्युतीय माध्यमबाट भएको साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६-०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी आठ अर्ब ४९ करोड ३९ लाख ९८ हजार ७१७ तथा कर्जा तर्फ १५.८८५ ले वृद्धि गरी रु. ६ अर्ब ८४ करोड ५ लाख ४५ हजार ५०४ रुपैयाँ पुर्याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकााश साखःले प्रस्तुत गरेको आ.ब.२०७६-०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४५ बोनस सेयर तथा ३.६५ नगद लाभांश गरि जम्मा १२.५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए।
साधारण सभाले पारित गरेको उक्त आ.व.को ३.६५ ले हुन आउने नगद लाभांश सोही दिन सेयरधनीहरुको खातामा पठाइएको छ।

प्रतिक्रिया