ad ad

कारोबार


कोरोनाका कारण बन्द भएका उद्योगमध्ये पूर्णरुपमा सञ्चालन ५४ प्रतिशत मात्रै

कोरोनाका कारण बन्द भएका उद्योगमध्ये पूर्णरुपमा सञ्चालन ५४ प्रतिशत मात्रै

नेपालखबर
पुस २८, २०७७ मंगलबार १४:४०,

कोरोना महामारी र त्यसपछि भएको लकडाउनको कारणले बन्द भएका उद्योग व्यवसाय मध्ये ५४ प्रतिशत मात्रै पूर्ण रुपमा सञ्चालनमा आएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन अनुसार अर्थतन्त्र चलायमान भएपनि पूर्ण रुपमा सुधार आउन नसकेको देखिएको छ। 

प्रतिवेदन अनुसार कोभिडपूर्वको तुलनामा गत असारमा २८ दशमलव ७७ प्रतिशत मात्र रहेको उत्पादन र कारोबारको स्थिति सर्वेक्षण सम्पन्न हुँदा ५० दशमलव ५१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७ दशमलव ५० प्रतिशतबाट ८७ दशमलव ५१ प्रतिशत पुगेको छ।

बन्दाबन्दीका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७६ असारमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त सर्वेक्षणमा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी जम्मा ६७४ उद्योग तथा व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए। अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनः सर्वेक्षण गरिएको थियो।

असारको तुलनामा उद्योग-व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग-व्यवसायहरु सञ्चालन हुन नसकेको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .