ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा फोनपेसँगको सहकार्यबाट अनलाइन कर भुक्तानी प्रणाली सुरु

एभरेष्ट बैंकद्वारा फोनपेसँगको सहकार्यबाट अनलाइन कर भुक्तानी प्रणाली सुरु

नेपालखबर
पुस २८, २०७७ मंगलबार १४:२८,

एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरु गरेको छ।

साथै बैंकका व्यवस्थापकहरुका अनुसार सो विद्युतीय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोविड–१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ।

कोविड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो।

सो समारोहमा महालेखा नियन्त्रक मधु कुमार मरासानी, आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर, प्रमुख प्राविधिक अधिकृत दिवसकुमार सापकोटासहित बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्। तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .