लक्ष्मी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार लक्ष्मी बैक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको हो। साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी १०अर्ब६९ करोड पुगेको छ।
साधारण सभाले आर्थिक वर्ष २०७५–७६ का लागि संचालक समितिको प्रतिवेदन तथासोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
आव २०७६-७७मा १००.७६अर्ब निक्षेप र ८९.८९ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १२८ अर्ब रहेको छ। सो आवमा बैंकले १ अर्ब४१ करोड रुपैयाँ खुद मुनाफाआर्जन गर्न सफल भएको छ। यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामकव्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन्।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदानगर्न सफल भएको छ। तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैंक अगाडि आएको छ।
उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षमप्रविधीलगायतउत्तमव्यवस्थापनभएको बैंकको रुपमालक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ।
लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोबाइलफोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ।
लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ। यसैगरी दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरीलघुवित्त सेवाप्रवाहगरिरहेको छ।
लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्डतथा लक्ष्मी उन्नति कोष नामकम्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ।

प्रतिक्रिया