सेयरबजारमा आज ४ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। दिनभरिमा २०२ कम्पनीको १ करोड ३५ लाख कित्ता सेयर बिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से २८.३१ अंकले र सेन्सिटिभ सूचक ३.८९ अंकले बढेको छ। आज ४५ हजार ५ सय ६९ पटक सेयर कारोबार भएको थियो। त्यस्तै, कुल बजार पुँजीकरण ३० खर्ब र तरल बजार पुँजीकरण १० खर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
आज कुल १२ समूहको कारोबार भएको छ। तीमध्ये निर्जीवन बीमाको कारोबार सूचक उच्च अंकले बढेको छ भने अन्यको थोरैले बढेको छ। आज व्यापार समूहको भने १५.४ अंकले कारोबार सूचक रातो छ। प्रिमियर इन्स्योरेन्स कम्पनीको आज सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको २९ करोडको सेयर किनबेच भएको हो। यसबाहेक प्रभु बैंकको १६ करोडको, माथिल्लो तामाकोशीको १५ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडको सेयर खरिदबिक्री भएको छ।
आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज धेरै कमाइ गरेका छन्। १० प्रतिशतले सेयर बढेपछि प्रतिकित्ता ७५ रुपैयाँ आम्दानी भएको हो। बाँकी सात कम्पनीको पनि १० प्रतिशत हाराहारीमा सेयर बढेको छ। धेरै सेयर घटेका कम्पनीको आज ३.७८ प्रतिशतसम्म सेयर मूल्य ओरालो लागेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया