कारोबार


एनसेल अभियानः अब कुद्नु छ ‘फास्ट फरवार्ड’ ... (भिडिओ)

एनसेल अभियानः अब कुद्नु छ ‘फास्ट फरवार्ड’ ... (भिडिओ)

नेपालखबर
पुस २७, २०७७ सोमबार १२:३५,

कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेको असहज परिस्थितिलाई आत्मसाथ गर्दै नव सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियानको थालनी गरेको छ।

भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान सुरु गरेको हो।

एनसेलले सोमबार साँझ एक छोटो फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ। ‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधैँ सँगै’अनुरुप सञ्चालन गरेको हो।

यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर दखाइएको छ। कोरोनाको प्रभावपछि डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको सन्दर्भमा एनसेलले यो अभियान सुरु गरेको हो।

कोभिड–१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यस अघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो, जस अन्तर्गत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’, ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो।

Ncell Video3<

साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो।

नयाँ अभियानको घोषणा पछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने जनाएको छ। बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विषेश राहत प्रदान गर्दै निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दीपछि पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो।

Ncell Video

एनसेलका अनुसार, उसले कोरोना प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहक मैत्री अफरहरु समेत गरी भण्डै रु ९ अर्ब ७० करोड बराबर मुल्यको योगदान गरेको छ।

प्रतिकार्य पहल अन्तर्गत नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको छ।

भिडिओ :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad