परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको प्रस्ट पारेको छ।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले उक्त समचारमा कुनै सत्यता नरहेको जनाएको छ।
‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट सत्यतथ्य एकिन गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया