कारोबार


प्रतिनिधि सभा विघटनको बहस अदालतमा हुँदै गर्दा सेयरबजार दोहोरो अंकले बढ्यो

प्रतिनिधि सभा विघटनको बहस अदालतमा हुँदै गर्दा सेयरबजार दोहोरो अंकले बढ्यो

नेपालखबर
पुस २२, २०७७ बुधबार १०:२४,

प्रतिनिधि सभा विघटनबारे अदालतमा बहस भैरहँदा सेयरबजार दोहोरो अंकले बढेको छ।

राजनीतिक घटनाक्रमसँग समेत लगानीकर्ताको मनोवलमा प्रभावित भई सेयरबजार प्रभावित हुने आकलन गरिन्छ। अदालतमा दायर भएको मुद्दा सम्बन्धमा बहस हुँदै गर्दा १३ दशमलव ०७ प्रतिशतले सेयरबजार बढेको हो।

सोमबार ६दशमलव ३६ अंक र मंगलबार ३ दमशलव ५४ अंकले घटेको बजार आज ० दशमलव ६० प्रतिशतले बढ्दा परिसूचक २१७८दशमलव ५७ अंकमा उक्लिएको छ।

आज ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जानाकारी दिएको छ।

२०१ कम्पनीका १ करोड ५ लाख ३४ हजार १ सयल ५७ कित्ता सेयर किनबेच भएको हो।

आज हाइड्रो र ट्रेडिङबाहेक सबै सुमहको सुचाङ्क वृद्धि भएको छन्। ट्रेडिङ समूहको परिसूचक करिब २१ अंकले घटेको छ भने जलविद्युत समूहमा १२ अंकले गिरावट आएको छ।

माइक्रोफाइनान्स, निर्जिवन बीमा र विकास बैंक समुहमा सबैभन्दा बढी अंक वृद्धि भएको देखिन्छ। माइक्रोफाइनान्स समूहमा १दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। निर्जिवन बीमामा ११२ दशमलव ६६ अंकको वृद्धि भएको छ भने विकास बैंक समूहमा करिब २३ अंको वृद्धि भएको नेप्सेले जानाकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad