राजनीति


अन्य दललाई नेपालको आग्रह : ओलीले नेकपाका नेतालाई तह लगाएको नठान्नुहोला

अन्य दललाई नेपालको आग्रह : ओलीले नेकपाका नेतालाई तह लगाएको नठान्नुहोला

नेपालखबर
पुस २२, २०७७ बुधबार १०:३९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्वंसात्मक प्रवृत्तिले सवैलाई दुःख दिने बताएका छन्।

बुधबार नेकपाले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीको कदम नेकपाका नेतालाइ तह लगाउन मात्रै भएको भन्ने नठान्न कांग्रेसललगायतका अन्य दललाई आग्रह गरेका छन्।

‘ध्वंसात्मक प्रवृत्तिले सबैलाई दुःख दिन्छ’, नेता नेपालले भने, ‘तपाईंहरुलाई लागेको हुनसक्दछ यो नेकपाभित्रका नेताहरुलाई मात्र तह लगाएको होला, नेकपाको आन्तरिक मामिला होला। भित्र दनादन दनक दिइरहेका छन् भन्नेठान्नुहोला, यस्तो कदमले कसैलाई बाँकी राख्दैन्।’

अध्यक्ष नेपाललले संसद विघटनको निर्णय व्यवस्थाविरुद्धको कदम भएको बताबताउँदै यसले नेकपा मात्रै नभएर देशै सिध्याइदिने बताए। उनले पार्टीभित्र घेराबन्दी भएका कारण संसद विघटन गरेको भन्ने तर्क उपयुक्त नभएको बताए।

‘पार्टीभित्र काम गर्न दिइएन, धेराबन्दीमा पार्न खोजियो देखाइदिएँ। न प्रतिनिधि सभा रहन्छ म मलाई गिराउँछन् भन्ने हिसावले उहाँले संविधान विपरीत काम गर्नुभयो। घरमा झमेला भएकोले घर नै भत्काइदिने?’, उनले भने।

उनले प्रधानमन्त्री ओली थप संकट निम्त्याउन उद्दत रहेको भन्दै त्यस्तो कदम पूरा हुन नदिने बताए। उनले भने, ‘‘सुनिन्छ, संकटकाल लगाउने। संकट निम्त्याउँदै जाने। तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad