सन् २०१८ मा गिरफ्तार भएका लाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लागेको थियाे।
उनले घुस लिएकाे पुष्टि भएसँगै उनीमाथि मृत्युदण्डको फैसला गरिएको हो।
भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मंगलबार तियानजिनको अदालतले सिओमिनलाई मृत्युदण्डको सजाय दिएको हो।
अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको छ।
यद्यपी मानवअधिकार संस्थाहरुले मृत्युदण्डको फैसलाको विरोध गरेको छ। सिओमिनको अपराधका लागि मृत्युदण्ड निकै कठोर सजाय भएको उनीहरुको भनाइ छ।
सिओमिन चीनका वरिष्ठ अर्थशास्त्री हुन्। उनले पिपुल्स बैंक अफ चाइनाको विभिन्न पदमा रहेर काम गरेका थिए।
चिनियाँ अधिकारीहरुका अनुसार सिओमिनले चाइना हुवारोङ एसेट म्यानेजमेन्टको प्रमुख हुँदा घुस लिएका थिए।
उनले सो कम्पनी सन् १९९९ मा यस वित्तीय कम्पनी स्थापना गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया