कारोबार


कर्जा प्रवाहसम्बन्धी मेगा बैंकलगायतले गरे चारपक्षीय सम्झौता

कर्जा प्रवाहसम्बन्धी मेगा बैंकलगायतले गरे चारपक्षीय सम्झौता

नेपालखबर
पुस २१, २०७७ मंगलबार ७:५७,

मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

कर्जा प्रवाहसम्बन्धी चारपक्षीय सम्झौता सोमबार भएको मेगा बैंकले जनाएको छ।

यसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad