राजनीति


प्रधानमन्त्रीको कदमविरुद्ध अनेरास्ववियू दोस्रो चरणको आन्दोलनमा, यस्ता छन् कार्यक्रम

 प्रधानमन्त्रीको कदमविरुद्ध अनेरास्ववियू दोस्रो चरणको आन्दोलनमा, यस्ता छन् कार्यक्रम

नेपालखबर
पुस २१, २०७७ मंगलबार ६:८,

प्रचण्ड– नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

अनेरास्ववियूले मंगलबार बिहान पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

अनेरास्ववियूले पुस २१ देखि सुरु भएर २९ गतेसम्मका लागि  दोस्रो चरणको आन्दोलन घोषणा गरेको हाे।

पुस २१ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा लेखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा गर्ने, पुस २२ गते ( उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिटी/लाठी जुलुस प्रदर्शन गर्ने अनेरास्ववियुले जनाएको छ।

 त्यस्तै पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते सीडीयो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ।

अनेरास्ववियूका नेता विजय गौतमले प्रधानमन्त्रीको कदम नसचिएसम्म आन्दोलनल जारी रहने बताए। उनले दा्स्रो चरणको आन्दोलन सम्पन्न भएलगत्तै तेस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने जनाकारी दिए

‘प्रधानमन्त्रीको कदम संविधानविपरित छ, यो नसच्चिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, नेता गौतमले भने।

त्यस्तै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष भएको छ।

त्यस्तै गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने नेता गौतमले जानकारी दिए।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad