कार्गो व्यवसायीहरुको संगठन नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनको २०औं साधारणसभा सम्पन्न भएको छ।
साधारण सभाले मनोज अधिकारीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र संग्रौला, द्वितिय उपाध्यक्षमा नरेशकुमार अग्रवाल, महासचिवमा अशोकमान कपाली, कोषाध्यक्षमा हरिप्रसाद ढकाल, सचिवमा ईश्वरबहादुर गुरुङ, सहकोषाध्यक्षमा सुजन कुमार न्यौपाने निर्वाचित भएको एसोसिएसनले जानकारी गराएको छ।
यस्तै, कार्यसमिति सदस्यमा गंगाराम पुडासैनी, सीता अधिकारी, सहदेव बञ्जारा, गंगाबहादुर राय, सञ्जिव अर्याल, प्रनिलमान सिंह प्रधान र मनिषमान श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया