समाज


दक्षिण अफ्रिकाको कोरोनाको नयाँ प्रकार सबैभन्दा संक्रामक, खोपले काम नगर्ने चेतावनी

दक्षिण अफ्रिकाको कोरोनाको नयाँ प्रकार सबैभन्दा संक्रामक, खोपले काम नगर्ने चेतावनी

नेपालखबर
पुस २०, २०७७ सोमबार ११:३२,

आइतबार मात्र त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले पहिलेभन्दा कडा रुपमा कोरोनाविरुद्धको नियम लागू गरिने बताएका छन्।

नयाँ कोरोना भाइरस देखिएकै कारण विभिन्न मूलुकले बेलायतमाथि भ्रमण प्रतिबन्ध लगाएको छ।

यस भाइरस पहिले देखिएकोभन्दा ७० प्रतिशत संक्रामक भएको बताइएको छ। यद्यपी यो पहिलेभन्दा खतरनाक भने नभएको जनाइएको छ।

यसबीचमा वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा पनि कोरोनाको नयाँ प्रकार भेटेको बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक सर जोन बेलका अनुसार यस भाइरस बेलायतमा देखिएको नयाँ भाइरसभन्दा बढी संक्रामक छ।

संक्रामक हुनुका साथै यो खतरनाक पनि भएको उनको भनाइ छ। अध्ययनमा यस भाइरस खतरनाक भएको र यसमा कोरोनाविरुद्धको खोपले काम नगर्ने पनि चिन्ता व्यक्ति गरिएको छ।

जोन बेल भन्छन्,‘दक्षिण अफ्रिकामा देखिएको कोरोनाको प्रकार चिन्ताजनक छ।

उनले तत्काल सबैको पहुँचमा खोप नभएकाले कोरोनाविरुद्धको उपायलाई पछ्याउनुपर्ने सुझाव दिएका छन्। द सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad