ad ad

कारोबार


‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजन सिभिल बैंकले गर्ने

‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजन सिभिल बैंकले गर्ने

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:३५,

दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको आयोजन गर्दैछ।

जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ। यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार क्रमशः २५, १५ र १० हजार रुपैयाँ रहेको छ।

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन्। इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ।

प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन्। यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ। नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको ओजकले जनाएका छन्।

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ। निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ। ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्नेछ।

अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ का विजेताहरूको घोषणा ७० प्रतिशत ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ।

दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पुर्या‍उने दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताए।

हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .