चारतारे होटल भिभान्ता काठमाडौंले ‘नेपालकै सर्वोत्कृष्ट चारतारे कर्पोरेट होटल’को अवार्ड जितेको छ।
इन्टरनेशनल ट्राभल अवार्ड्सले सन् २०२० को अवार्ड ललितपुरकाे झम्सीखेलमा रहेकाे भिभान्ता काठमाडौंलाई प्रदान गरेको हो।
केएसए टुरिजम मार्केटिङ एण्ड पीआरबाट पाएको यो अवार्ड यात्रा र पर्यटन क्षेत्रको उद्योगको लागि महत्वपूर्ण उपलब्धि भएको होटलले जनाएको छ।

अनलाइन प्रतिस्पर्धामा १ लाख भोटरहरुले गरेको मतदानको आधारमा यो अवार्ड वितरण गरिएको हो। गेस्ट, होटल व्यवसायीलगायत होटल क्षेत्रका व्यावसायिक मतदाताले अवार्डमा मतदान गर्छन्।
सञ्चालनको २ वर्षमै यो प्रतिष्ठित अवार्ड पाउनु होटलका लागि महत्वपूर्ण रहेको भिभान्ता काठमाडौंले जनाएको छ।
भिभान्ताले ११० रुम र तीनवटा फुड एण्ड बेभरेज आउटलेटमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। सन् २०२० कोरोनाको कारण निकै कठिन भए पनि होटलले आफ्नो ब्रान्ड बनाउन आफ्नो सेवाहरुलाई निरन्तरता दिएको र ग्राहकले पनि निकै रुचाएको होटलले जनाएको छ।

प्रतिक्रिया