पछिल्लो समय सेयरबजारमा कारोबार रकममा गिरावट आइरहेको छ।
गत मंसिर १४ गते आइतबार सेयरबजारमा ९ अर्ब २२ करोडको कीर्तिमानी कारोबार भएयता कारोबार रकम घट्दै गएको छ। त्यसपछि पनि ७ अर्ब हाराहारीमा केही दिन कारोबार भए पनि आजको दिनसम्म आइपुग्दा सेयरबजारको दैनिक कारोबार चार अर्बमा झरेको छ।
आज मंगलबार चार अर्ब ९ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज २०९ कम्पनीको ८० लाख कित्ता सेयर बिक्री भएका छन्। आज नेप्से परिसूचक ५.५७ अंकले हरियो भए पनि सेन्सिटिभ सूचक ओरालो लागेको छ।
प्रतिनिधिसभा विघटन भएको दिन यही पुस ५ गते सेयरबजारमा प्रभाव देखिए पनि त्यसयता सूचक पुनः बढिरहेको छ। तर कारोबार रकम भने निरन्तर ओरालो लागिरहेको छ। यो साताको पहिलो कारोबार दिन आइतबार ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो।
Shares

प्रतिक्रिया