ad ad

कारोबार


नक्साल तरकारी बजारमा सानिमा बैंकले थाल्यो क्युआर कोडबाट भुक्तानी

नक्साल तरकारी बजारमा सानिमा बैंकले थाल्यो क्युआर कोडबाट भुक्तानी

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:६,

सानिमा बैंकले नक्सालस्थित तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी प्रणाली सुरु गरेको छ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आजदेखि सुरु भएको प्रणालीको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन्।

यो तरकारी बजारमा अपवादबाहेक सबै पसलमा क्युआर कोडबाट भुक्तानी गर्न सकिन्छ।

राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीको विकास र प्रवर्द्धन गर्न बैंकहरुलाई आग्रह गर्दै आएको छ। कार्यक्रमकाे गभर्नर अधिकारीले खरिद फलफूल तथा तरकारीको क्युआर कोडबाट बिल भुक्तानी गरी यो सेवा सुरु गरिएको सानिमा बैंकले जनाएको छ।

कोरोना महामारीका बेला डिजिटल भुक्तानीमा ग्राहक समेत आकर्षित भइरहेका बेला बैंकले यस्तो सेवा नक्सालमा सुरु गरेको हो।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेतालाई निःशुल्क क्युआर कोड वितरण समेत गरेको छ। त्यस्तै भायानेट कम्युनिकेसनले निःशुल्क वाइफाइको व्यवस्था गरेको छ।

सानिमा बैंकका कर्मचारी, ग्राहकले फोनपे सञ्जालअन्तर्गतका क्युआर कोडबाट भुक्तानी गरी डिजिटल बैंकिङको अनुभव लिन सक्ने बैंकले जनाएको छ।

नक्सालमा नमूना मोडलको रुपमा यो सेवा सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .