हेलि एयर नेपाल प्रालिको जाइरोकप्टर आजदेखि पोखरामा सञ्चालनमा आएको छ।
कोरोना संक्रमण र सरकारले गरेको लकडाउनको कारणले रोकिएको जाइरोकप्टर सेवा बिहीबारलेखि सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी गराएको हो।
विगत चार वर्षदेखि दुई सिट क्षमता भएका दुईवटा जाइरोकप्टर हेलि एयर नेपाल प्रालिले सञ्चालन गर्दै आएको छ।
बिहीबारदेखि नेपाल सरकारअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण प्रक्रिया पूरा गरी कोभिड १९ को स्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरुको पूर्णरुपमा पालना गर्दै सम्पूर्ण सेवाहरु पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ।
कोभिड १९ महामारीको कारण पर्यटन व्यवसाय थलिएको यस अवस्थामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथसबै प्रकारका उडानहरुको भाडामा नेपालि नागरिकलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरेका कमपनीले बताएको छ।
कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘पोखरा आसपासको छोटो उडानको लागि ६ हजार ४ सय ९९, माछापुछ्रे हिमाल सम्म (करिब ३० मिनेट) को उडानको लागि ११ हजार ४ सय ९९ र माछापुछ्रेसहित अन्नपूर्ण हिमालसम्म (करिब ६० मिनेट)को उडानको लागि २१ हजार ४ सय ९९ रुपैयाँ भाडा दर तोकिएको छ।’
फ्रान्समा निर्मित अत्याधुनिक जाइरोकप्टरबाट उडान गर्दा यात्रुले पाउने यस विशेष छुट कोरोना महामारी अवधिभर मात्र कायम कम्पनीले जानकारी गराएको हो।
आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ हाम्रा उडानहरु पुनः सुचारु भएसँगै यस विषम अवस्थामा पोखराको आन्तरिक पर्यटन वृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
Shares

प्रतिक्रिया