खेल


भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:१२,

वाग्मती प्रदेशको राजधानी हेटौँडामा हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभरका कूल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो।

प्रतियोगितामा हेटौँडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौँ, विराटनगर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ। प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए।

प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा सञ्चालन हुनेछ। प्रतियोगिताका प्रथम हुने समूहले रु एक लाख एक हजार १११, दोस्रोले रु ५१ हजार १११ र उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन्।

यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। पाँचौं संस्करणको उपाधि वगर भाई खेल भेट्रान पोखराले जितेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad