ad ad

कारोबार


व्यवसाय सञ्चालनमा आएको एक वर्षपछि मात्रै सेयर धितो कर्जा पाइने

व्यवसाय सञ्चालनमा आएको एक वर्षपछि मात्रै सेयर धितो कर्जा पाइने

नेपालखबर
पुस १, २०७७ बुधबार १२:५७,

अबदेखि व्यवसाय सञ्चालनमा आएको एक वर्ष पुगेको भए मात्रै सेयर धितो कर्जा पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै सेयर धितो कर्जा पाउनको लागि जुन व्यवसायको सेयर हो, सो सञ्चालनमा आएको एक वर्ष भएको खण्डमा मात्रै सेयर धितो राखेर कर्जा प्राप्त गर्न सकिने जनाएको छ।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजत प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोसन र परिमार्जन सहित आज जारी निर्देशनमा पछिल्लो तीनवर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्षदेनि साधारण सभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिन कारोबार मूल्य नभएका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न नपाइने बुँदा थप गरिएको छ।

हाल सेयर धितो राख्दा बैंकहरुबाट ७० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था छ। यसलाई बढाउनुपर्ने सेयरव्यवसायीको माग थियो। तर यसलाई भने यथावत राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .