ad ad

राजनीति


संसद् अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

संसद् अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

नेपालखबर
पुस १, २०७७ बुधबार १३:५,

नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आपत्कालीन रुपमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानको मर्मविपरीत ल्याइएको अध्यादेश फिर्ता लिएर तत्काल संसद् अधिवेशन बोलउन माग गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

पदाधिकारी बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको हो।

‘हाम्रो पदाधिकारी बैठकले संविधानको मर्मविपरीत रहेको अध्यादेश तत्काल फिर्ता लिएर यथाशक्य छिटो संसद् अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, महतले नेपालखबरसँग भने।

मन्त्रीहरुलाई समेत थाहा नदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश ल्याएका थिए।

मंगलबार बिहान बसेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बसेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेका थिए।

यसैबीच, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आजको स्थायी समिति बैठकअघि नै प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिने सहमति गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .