पर्सा प्रहरीले ६५ केजी चाँदीका गरगहना बरामद गरेको छ।
प्रहरीले भन्सार छली ल्याएर लुकाइछिपाई राखेको करिब ६५ केजी चाँदीका गहना बरामद भगरेको हो।
वीरगन्ज महानगरपालिका–६ स्थित सुनिता कुमारी सरार्फको में जय नरसिंह ज्वेलर्समा चाँदीका गहनाहरु लुकाइ राखेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरीले खानतलासी गर्दा भन्सार छली ल्याइ उक्त ज्वेलर्सको पछाडिको कोठा र कोठाको फल्स वालभित्र लुकाई राखेको अवस्थामा उक्त गहनाहरू फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
21
Shares

प्रतिक्रिया