लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषले जिम्मा पाएको छ।
कम्पनीले सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याइएको सेयर प्रत्याभूति व्यवस्थापनको जिम्मा कोषलाई दिएको हो।
कम्पनीको जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख छ। यसको २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँको सेयर बिक्रीवितरण हुनेछ।
सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंगलबार हस्ताक्षर गरेका हुन्।
रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारुी गराएको छ ।
प्रतिक्रिया