प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद अधिवेशनका लागि आजै निवेदन दिन सभापति शेरबहादुर देउवासहतका कांग्रेस शीर्ष नेताहरुसँग आग्रह गरेका छन्।
बुधबार दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्नुअघि नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत उपसभामुखको निर्वाचन नगरेसम्म संसदका गतिविधि ठप्प पार्न र संवैधानिक परिषदको बैठक अस्वीकार गर्न देउवासहित शीर्ष नेताहरुलाई आग्रह गरेका हुन्।
उनले संसद र सडकबाट अध्यादेश फिर्ता गर्न बाध्य पार्न समेत आग्रह गरेका छन्।
‘आज बैठक बस्दै हुनुहुन्छ, शेरबहादुर देउवाज्यू, फेरि विनम्र अनुरोध! संविधानको धारा ९३ (३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ’, बुधबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा सभापति देउवालाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’
उनले कांग्रेस बैठकमा आफूहरुले बरालिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्नका लागि संसद अधिवेशन बोलाउन बाध्य पार्न भनेको समेत स्मरण गराएका छन्।
आज बैठक बस्दै हुनुहुन्छ @DeubaSherbdr फेरी विनम्र अनुरोध!
संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ।
उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।
उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।
प्रतिक्रिया