नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ) महासभा सम्पन्न भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न महासभाले संघको नयाँ अध्यक्ष द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ।
यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्की उपाध्यक्ष, कर्पोरेट नेपालका नारायण पौडेल महासचिव तथा अनलाइनखबरका रोयल आचार्य सचिवमा निर्वाचित भएका छन्। नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमद अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बनेका छन्।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ। जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन्।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ। संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बनेका छन्।
महासभाको उद्घाटन सत्रमा नाफिजले वरिष्ठ आर्थिक पत्रकारद्वय लभेष प्याकुरेल र विकास थापालाई सम्मान पनि गरेको छ।
Shares

प्रतिक्रिया