नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको हो।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
आईओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
360
Shares

प्रतिक्रिया