कारोबार


दराज १२.१२ मा विशेष छुटका साथ नयाँ सामसङ एस २० एफई जित्ने मौका

दराज १२.१२ मा विशेष छुटका साथ नयाँ सामसङ एस २० एफई जित्ने मौका

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ११:३०,

यस वर्षको ११.११ अभियानको सफलतापछि अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ।

उक्त अभियान २७ मंसिर मध्यरातदेखि ३ पुस (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ। १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट साथ भाउचरहरू, र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।

यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२१२) सम्मको छुट पाउन सक्नेछन्।

यसबाहेक उपभोक्ताहरुले मेगा गिभअवेको रूपमा ६९ हजार ९९९ रुपैयाँको नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन्।

त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराज मार्फत लन्च गर्दै छ। उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ। ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकार का उद्यम (एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गर्दछ।

अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले दराज ११.११ दराजको लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय विक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको बताए।

उनले भने, ‘यस प्रकारको सेल अभियानहरूले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम शपिंग अनुभव प्रदान गर्दछ। यति भन्दै हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंगले टुंग्याउने आशा गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad