सगरमाथाको नयाँ उचाइ घोषणा गर्न आयोजित नेपाल–चीन संयुक्त भिडियो कार्यक्रममा चिनियाँ कम्पनीको हुवावे क्लाउड मिटिङ प्रविधिको प्रयोग भएको हुवावेले जनाएको छ।
कम्पनीका अनुसार उक्त बैठक हुवावे क्लाउड बैठक प्रणालीद्वारा सञ्चालन गरिएको हो। यसले क्लाउड आर्किटेक्चरलाई क्रिस्टल–क्लियर अडियो र एचडी भिडियो प्रस्तुत गर्ने एक सुरक्षित र विश्वसनीय अल–सिनारियो सम्मेलन सेवा प्रदान गर्दछ।
पुरस्कार विजेता उपकरण क्लाउड सिनर्जी सोलुसनले लगभग १,००० समकालीन सहभागीहरूलाई कुनै पनि समय, कहीँ पनि, कुनै पनि टर्मिनल वा उपकरणबाट इन्टरनेट मार्फत प्रभावकारी आन्तरिक र बाहिरी बैठक बस्न सक्षम पार्दछ। तपाईँले अल्ट्रा–लो लेटेन्सी र ब्यान्डविथको साथसाथै फोरके स्क्रिन सेयरिंग र रियल–टाइम एनोटेसनको साथ १०८पी एचडी भिडियो कन्फरेन्स पनि अनुभव गर्न सकिन्छ।
यसको उच्च विश्वसनीयता, स्थिरता र स्केलेबिलिटि विशेषता भएको आर्किटेकचरले जताततै कनेक्ट गरी मानिसलाई त्यहि भर्चुअल बैठक स्थानमा ल्याउँदछ र पहिलो–श्रेणीको अडियो र भिडियो अनुभव प्रदान गर्दछ।
हुवावे क्लाउडले बैंकिङ उद्योग, एयरलाइन्स, मिडिया र अन्य विभिन्न डोमेनहरूमा नेपालमा भरपर्दो, सुरक्षित र लागत प्रभावी क्लाउड सेवाहरू प्रदान गर्दै आएको छ। यस वर्ष नबिल बैंक र हिमालय एयरलाइन्सले ह्वावेसँग रणनैतिक सहकारिता सम्झौता पत्रमा हस्ताक्षर गरेको छ जसमा डिजिटल रूपान्तरणको लागि क्लाउड डिजिटलीकरण सेवा बारे छलफल गरिएको छ।
इन्टरनेट र मोबाइलको प्रारम्भिक सफलताले नेपाललाई डिजिटल प्रविधिको क्षमता हासिल गर्न हौसला प्रदान गर्दछ। आजको एआई, फाइभजी र क्लाउडको युगमा हुवावेले इन्टेलिजेन्ट संसार अँगाल्न चाहिने डिजिटल आधार निर्माण गर्न ग्राहकहरुलाई सहयोग गर्न प्रतिबद्ध छ। स्थानीय साझेदारहरूलाई एकै ठाउँमा ल्याएर ह्वावेले नेपालमा डिजिटल रूपान्तरण र बौद्धिक अपग्रेडको लागि स्टेट–अफ–दि–आर्ट डिजिटल उद्योग सोलुसनको विकास गर्न मद्दत गर्नेछ।
आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमा ह्वावे वित्त, व्यापार, ईकमर्स, पर्यटन र निर्माण उद्योग लगायतका विभिन्न उद्योगहरूलाई सहयोग पु¥याउन प्रतिबद्ध छ, जसले मुलुकहरूलाई डिजिटल रूपान्तरणको लहरमा स्थिर र दिगो प्रगति हासिल गर्न र नेपालको डिजिटल अर्थव्यवस्था बृद्धि गर्न सहयोग पु¥याउँछ।
अझ महत्वपूर्ण कुरा, हुवावेका अग्रणी प्रविधिहरू जस्तै फोरजी, फाइभजी, डाटा सेन्टर र क्लाउड सेवाले नेपाल सरकारलाई डिजिटल पूर्वाधार निर्माण गर्न मद्दत गर्नेछ जुन डिजिटल नेपालको लागि जगको रूपमा काम गर्नेछ।
नेपाल र चीनका सरकारहरूले मंगलबार बसेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर रहेको कुरा खुलाएको छ। नेपाल सरकार र चिनियाँ सरकारको टोलीले सगरमाथाको उचाईको नाप छुट्टाछुट्टै लिएका थिए र दुवै पक्षका टेक्नीशियनलाई प्रतिवेदन पेश गरिएको थियो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारण मन्त्री पद्म कुमारी अर्याल र चीनका चिनियाँ विदेश मन्त्री वाङ यीले संयुक्त रूपमा नयाँ उचाइको अनावरण गरेका थिए।
Shares

प्रतिक्रिया