नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गत वुमन्स कमिसन (महिला आयोग) गठन भएको छ।
एनओसीले बुधबार ज्योति राणाको अध्यक्षतमा ११ सदस्यीय कमिटी गठन गरेको हो।
अध्यक्ष राणाले दोस्रो कार्यकाल पनि कमिसनको नेतृत्व गर्न लागेकी हुन्।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, पेमा लामा डोल्मा र गीता श्रेष्ठ छन्।
वुमन्स कमिसनले महिला खेलाडीको हक हितका लागि आवाज उठाउने बताए। महिला खेलाडीप्रति हुने यौन दुर्व्यवहार र छाउ प्रथाबारे आफुहरुले जनचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष राणाले बताइन्।

प्रतिक्रिया