ad ad

समाज


२४ घण्टामा आगलागीका ७ घटना, दुई बालिकाको मृत्यु, तीन घाइते

२४ घण्टामा आगलागीका ७ घटना, दुई बालिकाको मृत्यु, तीन घाइते

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ९:५,

गएको २४ घण्टामा नेपालमा आगलागीका सातवटा घटना भएका छन्। आगलागीमा परी दुई बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कालिकोट, झापा, धनुषा, सर्लाही, काभ्रेपलाञ्चोक, रौतहट र मोरङमा गरी सात स्थानमा आगलागी भएको हो।

कालिकोटको शुभकालिका गाउँपालिका३ स्थित एक घरमा आगो बाली सुतिरहेको अवस्थामा नजिकै रहेको परालमा आगो सल्किन गई आगलागी हुँदा वर्ष १५ र वर्ष १२ की २ बालिका घाइते भई थप उपचारको लागि सुर्खेत लैजाने क्रममा १५ वर्षीया बालिकाको बाटोमा र १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै, झापाको भद्रपुर नगरपालिका–१ हिमाली टोल स्थित एक घरको कोठामा बालेको मैनवत्तीबाट अचानक आगलागी हुँदा वर्ष ५३ की एक महिलाको शरीरको बिभिन्न भाग जली घाइते भएकी छन्। उनका श्रीमानको हात जलेको छ।

यता, जनकपुर उपमहानगरपालिका–१९ मुसहरी टोलस्थित एक घरमा खाना बनाउने क्रममा ग्यास चुलोबाट अचानक आगो साडीमा सल्किई १ महिला घाइते भएकी छन्।

आगलागीबाट लाखौं रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .