ad ad

अटो


नेपालमा लक्ष्मी प्रिमियमले थाल्यो बीएमडब्ल्यूका गाडीको आधिकारिक बिक्रीवितरण

नेपालमा लक्ष्मी प्रिमियमले थाल्यो बीएमडब्ल्यूका गाडीको आधिकारिक बिक्रीवितरण

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ७:१६,

नेपालको लागि बीएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमसहित बीएमडब्ल्यू ब्राण्डको आधिकारिक बिक्री सुरु गरेको छ।

जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यू एसिया र बीएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ।

बीएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रियस्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूति प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ।

नेपालमा बीएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्ल्यू ग्रुप एसियाका प्रबन्धनिर्देशक क्रिस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यबाट बीएमडब्ल्यू उत्साहित भएको छ। नेपाली बजार बीएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुनेछ।’

bmw aadhikarik 1

बीएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने उनले बताए।

‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चाहन्छौं र उनीहरु सधैँ हाम्रो केन्द्रमा छन्। त्यसैले हामीले विश्वस्तरीय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौँ। हाम्रो टिम तपाईंहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने।

ग्राहकलाई गाडी खरिदमा अविस्मरणीय अनुभव दिलाउने उनको भनाइ छ।

bmw aadhikarik 2

यस्तो छ शोरुम
ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनेछन्। जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहीलाई लोभ्याउने कम्पनीको दाबी छ। यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूति गर्ने कम्पनीले जनाएको छ।

शोरुमबाट अहिलेको विषम परिस्थितिमा ‘कनट्याक्टलेस’ टेस्ट ड्राइभको सुविधा उपलब्ध हुनेछ। त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णतः सेनिटाइज गरिएको हुनेछ। उक्त कारलाई ग्राहकले छनोट गरेको स्थानमा उपलब्ध गराउने लक्ष्मी प्रिमियमले जनाएको छ। ग्राहकको कुनै पनि जिज्ञासाको उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने उसको भनाइ छ।

बीएमडब्ल्यू बंगलादेशले नेपालमा बीएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरीय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ।

bmw aadhikarik 3

साथै, बीएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा गरिएको छ। बीएमडब्ल्यू बंगलादेशले सन् २०१८ मा बीएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बीएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि, २०१३ र २०१४ सर्बोत्कृष्ट बिक्री पछिको सेवा अवार्ड, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’ र २००४ मा ‘वेष्ट बीएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ।

अहिलेको कोभिड संक्रमणसम्बन्धी सबै स्वास्थ्य प्रोटोकलहरु कायम गरी ग्राहकहरुको स्वास्थ्य एवम् सुरक्षालाई उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ।

करिब १५ वर्षअघि नेपालको हुन्डाई गाडीको आधिकारिक वितरक रहेको एभ्को इन्टरनेशनलले बीएमडब्लुका आठवटा गाडी बिक्री गरे पनि निरन्तरता दिनसकेको थिएन।

हाल हुन्डाई गाडीको समेत आधिकारिक बिक्रेता रहेको लक्ष्मी ग्रुपले नै ठूला राजनीतिज्ञ, उद्योगी/व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बीएमडब्लुका गाडी बिक्री गर्न सुरु गरेको हो।

भिडियोः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .