कारोबार


हवाइ उडान प्रतिबन्ध हटाउने ईयूको संकेत स्वागतयोग्य : पर्यटनमन्त्री भट्टराई

हवाइ उडान प्रतिबन्ध हटाउने ईयूको संकेत स्वागतयोग्य : पर्यटनमन्त्री भट्टराई

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ६:४९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाइ उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन्।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनर्संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ।

संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताए।

यस्तै नेपालको वायुसेवा निगमले अस्ट्रेलियाजस्तो उड्डयान सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अन्य आकाशमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास व्यक्त गरे।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेको कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन्। यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ।

तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाइ सुरक्षाका लागि गरेको प्रस्ताव स्वागत योग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ। ईयूले सन २०१३ को डिसेम्बरदेखि नेपालको हवाइ उड्यनलाई कालोसूचीमा राखेको थियो।

यो पनि –
नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने ईयूको संकेत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad