कारोबार


ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ८:१३,

चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी नगर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छ। नगर ल्हासाले असोग १ गते पत्रमार्फत गरेको प्रतिद्धता अनुसार कम्प्रेस्ड गारवेज ट्रक पठाएको हो।

यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) रहेको महानगरले जानकारी दिएको छ। ल्हासाबाट सडक मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपु¥याइएको थियो। १५ गते ल्हासा नगरको अन्तररराष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव रहेका थिए। ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपु-याइएका हुन्।

आज महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका छन्। त्यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गरेका थिए।

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ। ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो। संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ। त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ। यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिन थाल्छ।

असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको थियो, ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं। हामी काठमाडौंको वातारण सफा र स्बच्छ होस्। सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं। त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौँ।’

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार गरे। ‘२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ गुहेओ आउनुभएको थियो’ ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमि उल्लेख गर्दै मेयर शाक्यले भने, ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनुभएको थियो। त्यसैबमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो। यसप्रति म व्यक्तिगत रुपमा पनि ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .