ad ad

कारोबार


युरोपियन युनियनद्वारा अर्थमन्त्री पौडेलसँग सहायता अभिवृद्धि गर्ने बचनवद्धता

युरोपियन युनियनद्वारा अर्थमन्त्री पौडेलसँग सहायता अभिवृद्धि गर्ने बचनवद्धता

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १३:७,

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। उक्त भेटमा राजदूत नोना डेप्रेजले नेपाललाई सहायता अभिवृद्धि गर्ने बचन दिएकी छन्।

राजदूत डेप्रेचले कोभिड १९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताएकी थिइन्।

भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड–१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका थिए।

अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवद्र्धन, लगानी अभिवृद्धि, कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको हो।

यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .